शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी

शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन्।

मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए।

मोदीले आज साँझ ७: १५ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनेछन्। राजघाटपछि नरेन्द्र मोदी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिमा पुगेर पुष्पहार अर्पण गरेका थिए।

शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

यसअघि शुक्रबार नै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट सरकार गठनको दाबी पेश गरेका थिए। उनलाई आजै एनडीएले संसदीय दलको नेता चयन गरेको थियो। भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनमा १३ दल रहेका छन् र यस निर्वाचनमा २९३ सिटमा जित हासिल गरेका छन्।

Skip This
Skip This
Logo