सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको छः एस. जयशंकर

सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको छः एस. जयशंकर

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका नवनियुक्त संघीयमन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री एस जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा भएको द्विपक्षीय भेटमा दुई देशबीचको आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको दाहाल सचिवालयले जनाएको छ ।

जय शंकरलाई बधाई दिँदै दाहालले आगामी दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएको दाहाल सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

Logo