शनिबार संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजालसहित २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । "/>

‘मेरो सरकार’ हटाउन भन्दै कांग्रेसले संशोधन दर्ता गरायो

‘मेरो सरकार’ हटाउन भन्दै कांग्रेसले संशोधन दर्ता गरायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएको छ । शनिबार संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजालसहित २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

कांग्रेसले नीति तथा कार्यक्रममा उल्लेख गरिएको ‘मेरो सरकार’ पहिलो संशोधन हालेको हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गर्न गरेको संविधानका धाराहरु विपरित भएको भन्दै कांग्रेसले ‘नेपाल सरकार’ भन्न संशोधन हालेको हो ।

प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु हटाउनु पर्ने कांग्रेसको संशोधन छ ।

राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजियो कांग्रेस

Logo