गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्।

माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भएपनि पाण्डेलाई विश्वासको मत दिएका थिए। देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ। नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारवाही गर्न नमिल्ने बताएको छ।

यो सँगै गुरुङ गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन्। कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यसअघि नै नियुक्त भइसकेका छन्।

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ। सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आजै मन्त्रिपरिषद् बिस्तार गरि आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन्।

Logo