राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड प्रस्थान

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड प्रस्थान

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभातर्फ उडेका छन् ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह जेनेभाका लागि प्रस्थान गरेका हुन् । पौडेललाई बिदाइ गर्न उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उच्च पदस्थ सरकारी अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलमा राष्ट्रपति पौडेललाई सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका राष्ट्र प्रमुख र स्वीस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने छन् ।

Logo