नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव राखेका छन्।
अमेरिकाको उदाहरण दिँदै सांसद बजगाईँले शुक्रबार संसद बैठकमा विदेशी पाहुनाहरू आउँदा सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने बताएका हुन् । संसद भवनभित्र बार निर्माण गर्दा पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने उनको विश्वास छ।
‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ।’ उनले भने, ‘ हामी पनि अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ?’





























प्रतिक्रिया