काठमाडौं । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी बुधबार स्वदेश फर्किएकी हुन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका छन् ।
राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनको भ्रमण तालिका छोट्टिएको हो ।
चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।





























प्रतिक्रिया