प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरुले बजाए घण्टी, रवि मख्ख !

प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरुले बजाए घण्टी, रवि मख्ख !

केन्द्रबिन्दु
98
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।

शुक्रबार च:मतीमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदै प्रचण्डले विभिन्न स्टलहरूको पनि अवलोकन गर्नुका साथै रास्वपा कार्यालयमा राखिएको घण्टी पनि बजाएका थिए । साे क्रममा रास्वपा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रचण्डलाई विभिन्न नेपाली उत्पादनका स्टलबारे जानकारी गराएका थिए ।

चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी भइसकेका छन् ।

Logo