कांग्रेसले गृहमन्त्रीलाई भन्यो: ‘याउँआउँ’ केही नगरिकन जीबी राई पक्रिन पर्‍यो

कांग्रेसले गृहमन्त्रीलाई भन्यो: ‘याउँआउँ’ केही नगरिकन जीबी राई पक्रिन पर्‍यो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न आग्रह गरेका छन्।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछानेलाई सहकारी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न आग्रह गरेका हुन्।

उनले भने, ‘मलेसियाँबाट कुनैपनि अभियुक्तलाई पक्राउ गरेर ल्याउन सुपर्दगी सन्धी चाहिँदैन। त्यसैले या उ आ उ केही नगरिकन गृहमन्त्रीज्यूले यो सन्दर्भमा सरकारले गम्भीरता पुर्वक पहल गर्नुपर्दथ्यो।’

यस्तै, उनले गृहमन्त्री लामिछानेलाई जिबीको लोकेशन पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ भन्दै प्रश्न गरेका छन्। उनले भने,‘सहकारी ठगीमा फरार भएको व्यवासायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरमा भएका गृहमन्त्री ज्यूले गिरफ्तार गर्नुछ। त्यसैले लोकेशन पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ? अभियुक्त पक्रने नयाँ शैली हो? केटाकेटी पन हो कि भगाउने नियत हो?’

Skip This
Skip This
Logo