प्रतिनिधि सभा बैठक बस्दै [कार्यसूचीसहित]

प्रतिनिधि सभा बैठक बस्दै [कार्यसूचीसहित]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

बैठक संघीय संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्दैछ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।

यस्तै, सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकमा सांसदहरूबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

Skip This
Skip This
Logo