सांसदको माग: घरेलु रक्सीको नाम ‘तीनपाने अर्गानिक’

सांसदको माग: घरेलु रक्सीको नाम ‘तीनपाने अर्गानिक’

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेकपा (एमाले)की सांसद सूर्यकुमारी श्रेष्ठले नेपालमा बन्ने घरेलु रक्सीको नाम तीनपाने राख्न प्रस्ताव गरेकी छिन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले नेपालमा कोदो र चामलबाट बन्ने घरेलु रक्सी ब्रान्डिङ गर्दै तीनपाने राख्न प्रस्ताव गरेकी हुन्।

उनले भनिन्, ‘कोदो उत्पादनमा जोड दिऔँ। कोदो खेतीको ब्रान्डिङ गरौँ। कोदो र चामलबाट बनाइने रक्सीलाई ब्रान्डिङ गरौँ। लेवलै राखौँ, तीनपाने अर्गानिक आदिवासी जनजाति रक्सी भनेर लेवल नै राखौँ र विदेश सप्लाई गरौँ।’

Logo