अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान: सञ्चारमन्त्री शर्मा

अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान: सञ्चारमन्त्री शर्मा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाल साहित्यिक पत्रकार संघको स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले, वर्तमान व्यवस्था प्राप्तिका लागि राजनीतिक क्षेत्रको मात्र नभइ साहित्यिक क्षेत्रको पनि उत्तिकै योगदान रहेको बताएकी हुन्।

उनले भनिन्, ‘समाजलाई बदल्ने समाज रुपान्तरण गर्ने र राजनीतिलाई बदल्ने कुरामा पनि यो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। अहिले हामी जहाँ छौं, जुन व्यवस्थामा छौं। त्यो व्यवस्था परिवर्तन गर्नका निमित्त र त्यो व्यवस्था प्राप्तिका निम्ति राजनीतिक क्षेत्रको मात्र होईन पनि साहित्य क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ। साहित्य र राजनीतिलाई जोडेर जुन ढङ्गले परिवर्तन रुपान्तरणमा लाग्नुभयो। साच्चिकै प्रेरणाको श्रोत हुनुहुन्छ।’

मन्त्री शर्माले देशको व्यवस्था परिवर्तन भएतापनि आचरणमा परिवर्तन,संस्कार र संस्कृति भने परिवर्तन गर्न नसकेको गुनासो गरिन्।
आशा भरोसा गरेको व्यतित्वबाट आचरणमा, संस्कार र संस्कृतिमा परिवर्तन गर्ने खालको आदर्श विचार नरहेको भन्दै यस विषय खोज र अनुसन्धान कै विषय बनेको उनको भनाइ छ।

Logo