काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डको छतमा नेपाल झन्डा फहराइएको छ । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको केन्द्र सियान पुगेकी हुन् । उक्त होटेलको छतमा नेपालको झन्डा फहराइएको हो ।
भ्रमणका क्रममा राष्ट्रपति बेइजिङमा आयोजना हुने दोस्रो ुबेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनु मा सहभागी हुनेछिन्। साथै राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





























प्रतिक्रिया