काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वदेश फर्किएका छन्।
भारतको नयाँ दिल्लीमा उपचार गरेर नेता सिंह आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ।
उपचारको लागि सिंह करिब एक महिना भारत बसेका थिए। केही दिनको आरामपछि उनी सक्रिय हुने उनको सचिवालयले जनाएको छ।
उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी दिल्ली उपचारको लागि गएका थिए। भारतमा उनको शल्यक्रिया भएको थियो।































प्रतिक्रिया