रास्वपाको महामन्त्री र प्रवक्ताबाट डा. मुकुल ढकाल निलम्बित

रास्वपाको महामन्त्री र प्रवक्ताबाट डा. मुकुल ढकाल निलम्बित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ ।

मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरि महामन्त्रीको जिम्मेवारी खोसेको हो । यसअघि महामन्त्रीबाट एक हप्ताका लागि निलम्बन गरिएका डा. ढकाललाई साधारण सदस्य मात्रै रहनेगरी मंगलबार बसेको केन्दीय समितिको बैठकले जिम्मेवारीबाट हटाएको हो ।

मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए ।

पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । तर केन्द्रीय समितिको निर्णय बमोजिम उनको साधारण सदस्यता भने नखोसिएको हो ।

Logo