काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नवलपसारीको बर्दघाटमा रहेको जग्गा बेचेर बालुवाटारमा जग्गा खरिद गरेको प्रष्ट पारेका छन् । २०६१ सालमा बर्दघाटस्थित आफ्नो ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको प्रष्ट पारेका हुन् । उनले जग्गा किर्ते प्रकरणबारे सरकारले छानबिन गरिरहेको र त्यसको निश्कर्ष आफूलाई स्वीकार्य हुने बताएका छन् ।
छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद आएपछि पौडेलले शुक्रवार साँझ दोस्रो वक्तव्य निकाल्दैं जग्गा प्रकरणमा ६ बुँदे प्रष्टिकरण दिएका हुन् । असोजमा बर्दघाटको जग्गा बेचेर पुसमा बालुवाटारमा जग्गा खरिद गरिएको उनको भनाई छ ।
महासचिव पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सघाइरहेको बताए । उनले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा बनाएको भए दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले चालेको कदमलाई स्वागत र समर्थन गरेका छन् ।






























प्रतिक्रिया