ओली मन्त्रिपरिषद्ः यी हुन् १७ पटक मन्त्री बन्नेदेखि पहिलाेपटक माैका पाउने अनुहारहरु

ओली मन्त्रिपरिषद्ः यी हुन् १७ पटक मन्त्री बन्नेदेखि पहिलाेपटक माैका पाउने अनुहारहरु

केन्द्रबिन्दु
36
Shares

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको २२ सदस्यीय वर्तमान मन्त्रिपरिषद्‌मा ९ नयाँ अनुहार समेटिएका छन् । साेमबार गठित मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसका १०, नेकपा एमालेका ८, जनता समाजवादीका २ र लोसपाका १ जना मन्त्री छन्। जसमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका नयाँ अनुहार धेरै छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नयाँ अनुहार हुन् ।

उर्जामन्त्री दीपक खड्का र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी यसअघि राज्यमन्त्री बनेका थिए । राज्यमन्त्री बनिसकेकाले सरकारमा उनीहरू पहिलोपटक नभएपनि क्याबिनेट मन्त्रीको रुपमा पहिलोपटक छिरेका हुन् ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहार छन् ।

यो मन्त्रिपरिषद्‌मा चौथोपटक प्रधानमन्त्री रहेका ओली, १७ पटकमन्त्री बनेका शरतसिंह भण्डारी, सात पटक मन्त्री बनेका विष्णु पौडेललगायत १२ पुराना अनुहार पनि छन् ।

Skip This
Skip This
Logo