प्रतिनिधिसभाः नयाँ सरकारले भ्रष्टाचार अन्त्य गर्नेमा विश्वास

प्रतिनिधिसभाः नयाँ सरकारले भ्रष्टाचार अन्त्य गर्नेमा विश्वास

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । सांसद ठाकुरप्रसाद गैरैले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास र समृद्धिको यात्रालाई गति प्रदान गर्न सफल हुनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले वर्तमान सरकारले त्यस दिशामा अघि बढ्ने उल्लेख गरेका हुन् ।

सांसद तारा लामा तामाङले वर्तमान सरकारले देशको समग्र समस्यालाई क्रमशः समाधान गर्नुपर्नेमा जोड दिए । सांसद तोसिमा कार्कीले मन्त्रिमण्डलमा जम्मा दुई जनामात्रै महिला रहेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरिन् ।

सांसद दीपा शर्माले बाढीपहिराका कारण देशैभरि भएको क्षतिको सम्बन्धमा सरकारको ध्यानाकर्षण गरिन् । सांसद दीलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले सबैभन्दा पहिला बाढीपहिराबाट पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । सांसद धवलशम्शेर राणाले भ्रष्टाचार अन्त्यका लागि वर्तमान सरकार केन्द्रित हुनुपर्ने माग गरे ।

सांसदहरु ध्रुवबहादुर प्रधान, नारायणप्रसाद आचार्य, निर्मला कोइराला, निशा डाँगी, पदम गिरी, पूर्णबहादुर घर्तीमगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु हजारा, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वासुदेव घिमिरे, विन्दावासिनी कंसाकार, विनिता कठायत, विमला सुवेदी, देवप्रसाद तिमल्सेना, नारायणी शर्मा, नागिना यादव र नारायण प्रकाश साउदले नवगठित वर्तमान सरकारले सुशासन कायम गर्नेमा विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo