काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सुरु गर्न लागेको हो ।
वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको जानकारी दिए ।
एक महिना लामो कार्यक्रममा देशका ७७ वटै जिल्लामा हुनेछ । भदौं २३ गतेदेखि दोस्रो चरणको कार्यक्रम गरिने निधीको भनाई छ । उक्त कार्यक्रम असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ ।
विभिन्न १४ बुँदे उद्देश्य राखी अभियान घोषणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। सरकारको अधिनायकवाददेखि मधेशको माग पूरा गराउने लगायतको एजेण्डा राखिएको उनको भनाई छ ।
यसैगरी निर्मला पन्तलगायतका घटनाको छानविन, विपदमा क्षति भएकाको पुर्नस्थापनामा सहयोग, विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार लगायतको कुरा जागरण अभियानमा उठाइने कांग्रेसले जनाएको छ।































प्रतिक्रिया