कृषि समितिकी नवनिर्वाचित सभापति थापाले लिइन् सपथ

कृषि समितिकी नवनिर्वाचित सभापति थापाले लिइन् सपथ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नवनिर्वाचित सभापति कुसुमदेवी थापाले सपथ ग्रहण गरेकी छन् ।

बुधबार सिंहदरबार स्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सभामुखबाट थापाले सपथ ग्रहण गरेकी हुन् । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध सभापति चयन भएकी हुन् ।

यसअघिका समिति सभापति डा.आरजु राणा परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि कृषि समितिको सभापति पद रिक्त रहेको थियो ।

Logo