अझै पनि द्वन्द्वका घाउहरु मेटिएका छैनन्ः अर्थमन्त्री पौडेल

अझै पनि द्वन्द्वका घाउहरु मेटिएका छैनन्ः अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अझै पनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझै पनि द्वन्द्वका घाउहरु बाँकी रहेकाले शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्याउने बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको बताएका हुन् ।

उनले भने, ‘पछिल्ला दिनहरुमा हामी देखिआएका छौं, नेपालले एउटा अनुचित एउटा कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज मुक्त भएको छ । हिंसाबाट शान्तिमा रुपान्तरण गरेका छौं, शान्तिको स्थापना भएको छ, अझै पनि द्वन्द्वका घाउहरु मेटिएका छैनन् , शान्ति प्रक्रियालाई एउटा निष्र्कषमा पुर्याउने केही काम बाँकी नै छन् । यो शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको काँधमा छ ।’

साथै उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै निष्कर्षहरु पीडितमैत्री हुनुपर्ने बताए ।

Skip This
Skip This
Logo