काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बिहीबार अपरान्ह सिंहदरबार अगाडिको हनुमानस्थानस्थित बसेरा बुटिक होटेलमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय बैठक सुरु भएको हो । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेपछि होटलमा सचिवालय बैठक बस्नुपरेको हो ।
सचिवालय बैठकमा कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बुझिएको छ । एमालेले राजकीय जिम्मेवारीमा रहेका नेताहरूलाई पार्टीमा जिम्मेवारी नदिने र नेताहरूलाई दोहोरो जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । स्रोतका अनुसार आजको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवारी बाँडफाँड पनि गर्ने छ ।
सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याल र छविलाल विश्वकर्मा सहभागी रहेका छन् ।





























प्रतिक्रिया