नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त भएका छन्।
बिहीबार बसेरा होटलमा बसेको एमाले सचिवालयको ३४ औं बैठकले थापालाई पदमुक्त गर्दै रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेकाे हाे । तत्कालीन नेकपामा स्थायी कमिटीको जिम्मेवारी पाएका थापा २०७९ को निर्वाचनदेखि पार्टीमा निष्क्रिय रहँदै आएका थिए। २०८० को साउनमा बसेको सचिवालय बैठकले पार्टीमा निष्क्रिय भएकोबारे सोधपुछ गर्ने निर्णय पनि गरेको थियो।































प्रतिक्रिया