को-को हुन् देउवालाई दबाव दिने ५१ जिल्ला सभापति (भिडियो रिपोर्ट)

को-को हुन् देउवालाई दबाव दिने ५१ जिल्ला सभापति (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ५० भन्दा बढी जिल्लाका जिल्ला सभापतिहरु पार्टी सभापतिको विरुद्धमा उत्रिएका छन् । कांग्रेसको आगामी चैत्र २३ गते केन्द्रीय समिति बैठक बस्दैछ । बैठकको दबाबमूलक एजेण्डा तय गर्नका लागि चैत्र २० गतेदेखि जिल्ला सभापतिहरु काठमाडौमा भेला भए ।

भेलामा ५१ जिल्लाका सभापतिहरु छलफलमा जुटेका छन् । क्षेत्रपाटीस्थित एक होटेल रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरु सहभागि छन्  ।

सभापति शेरबहादुर देउवाकै चाहनामा निर्णय उल्ट्याइएको दाबी गर्दै सभापतिहरुले पार्टीमा संगठन सुदृढीकरण र अनुशासन स्थापित गर्न आफूहरूले बैठक बोलाएको बताएका छन् ।

उनीहरुले संगठनमा अनुशासन कायम गर्न र पार्टीको ठूलो निकायले गरेको निर्णय सानो निकायले उल्ट्याउन नसक्ने व्यवस्था कायम गर्न भेला डाकिएको उनीहरुको भनाई छ । भेलाले गुटगत भन्दा पनि एजेण्डाका आधारमा रणनीति तय गर्ने उनीहरुको भनाई छ ।

Logo