सहकारी छानबिन समितिमा गोरखा बचत तथा ऋण सहकारीका अध्यक्षसँग गरियो सोधपुछ

सहकारी छानबिन समितिमा गोरखा बचत तथा ऋण सहकारीका अध्यक्षसँग गरियो सोधपुछ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले शुक्रबारको बैठकमा दुईवटा संस्थाका प्रतिनिधिसँग सोधपुछ गरिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकपश्चात सभापति थापाले गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको जानकारी दिएका हुन् ।

उनले भने, ‘आजको बैठकमा दुईवटा संस्थाका प्रतिनिधित्व गर्ने दुईजना व्यक्तिसँग सोधपुछ गरियो । त्यसमा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङसँग सोधपुछ गरेका छौ । दोस्रो, गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमानसिंह राइसँग सोधपुछ गरेका छौ ।’

ऋणीहरुबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैंक, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिन्छ दुवैको धारणा रहेको पनि उनले जानकारी दिएका छन् । यसको साथै, लालीगुरास र गौतमश्री थप संस्थाका जिम्मेवार अध्यक्षहरुसँग सोधपुछ गर्नेक्रम जारी रहेको पनि उनको भनाई छ ।

Skip This
Skip This
Logo