राहतमा कुनै कमी हुन नदिन सरकारलाई नेकपाको आग्रह

राहतमा कुनै कमी हुन नदिन सरकारलाई नेकपाको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हावाहुरी प्रभावितहरुको राहतमा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै थप उद्दार, पीडितहरुको राहत र क्षतिपूर्तिका साथै घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गरेको हो ।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेकपाले सहयोगको लागि सबैलाई आग्रह गरेको छ । घटना हुनासाथ सरकारका तर्फबाट देखाएको तत्परताले थप मानवीय क्षति हुन नपाएको जनाएको छ ।

Logo