शशांकलाई विमलेन्द्र निधीको काउन्टर, ‘नेपाल हिन्दू राष्ट्र बन्न सक्दैन’

शशांकलाई विमलेन्द्र निधीको काउन्टर, ‘नेपाल हिन्दू राष्ट्र बन्न सक्दैन’

केन्द्रबिन्दु
0
Shares

चितवन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । नेपाली कांग्रेस पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे ।

पार्टीकै महामन्त्री शशांक कोईराला सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउँदैं आएका छन् । कोईराला हिन्दू राष्ट्रको पक्षमा उभिएका छन नि भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी नभएको र पार्टी हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको जिकिर गरे ।

नेपालमा राजतन्त्र आउँछ भन्ने कसैले दिवा सपना पनि नदेख्न सुझाव दिँदै भने, “नेपालमा राजतन्त्र आउँछ भन्ने कसैले दिवा सपना देख्छ भने पनि यो भ्रममा हाम्रो भन्नु केही छैन ।” लगानी सम्मेलन नेपाली काङ्ग्रेसकै नेतृत्वमा शुरु भएको भन्दै उपसभापति निधिले आजदेखि शुरु भएको लगानी सम्मेलन सफल पार्नुपर्ने बताए ।

पार्टीलाई सङ्गठित बनाएर लैजान आउँदो नयाँ वर्षसँगै राष्ट्रिय जागरण अभियान शुरु गरिने जानकारी दिँदै उपसभापति निधिले अनुशासन समितिले आफ्नो काम प्रारम्भ गरिरहेको र विधानबमोजिम नै सो समितिले आफ्नो अधिकार प्रयोग गर्ने बताए ।

Logo