विचरा कांग्रेस ! सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍योः प्रधानमन्त्री

विचरा कांग्रेस ! सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍योः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । वितण्डा मच्चाईरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई नेपाली कांग्रेसले सहयोग गरिरहेको आरोप लगाए ।

नेकपा प्रदेश ३ को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन् । आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको टिप्पणी गरे ।

कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । कांग्रेसलाई बिचराको संज्ञा दिँदैं प्रधानमन्त्रीले भने, ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍यो ।’

मुलुकबाट विखण्डनवाद समाप्त पार्न खोज्दा कांग्रेसले छाती पिटेको आरोप लगाए । ‘विखण्डनवाद समाप्त भयो । यता वितण्डा मच्चाउन खोज्नेहरुलाई पनि नियन्त्रणमा लिनुपर्नेछ । यसमा कथित लोकतन्त्रवादी भन्नेहरुले छाती पिट्छन’, उनले थपे, ‘यी पक्षहरु देखेर मलाई कांग्रेस देख्दा मलाई टिठ लाग्छ ।’

प्रधानमन्त्री ओलीले विप्लव समूह पार्टी नभइ कुनै गिरोह भएको बताए । ‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ?’ उनले भने, ‘त्यो एउटा गिरोह हो ।’

Logo