विराटनगर । मोरङमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच झडप भएको छ। सुन्दरहरैंचा नगरपालिका १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा बुधबार दुई पक्षबीच झडप भएको हो ।
दोहोरो ढुंगामुडासँगै सुरु भएको झडपका कारण स्थिति तनावग्रस्त बनेको थियो । झडपमा परी नेविसंघका चार नेता घाइते भएका छन् । घाइते हुनेहरुमा नेविसंघ ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत रहेका छन् ।
उनीहरुको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । क्याम्पसका प्राध्यापकले अन्यत्र पनि पठनपाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै त्यसको विरोधमा नेविसंघले गत फागुन २० गतेदेखि सुकुना क्याम्पसमा आन्दोलन सुरु गरेको थियो । त्यही आन्दोलन विवाद हुँदा अखिल र नेविसंघबीच झडप भएको हो ।





























प्रतिक्रिया