काठमाडौं
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वेदश फकिएका छन् ।
लामो समयदेखि पार्किन्सनबाट पीडित रहेकी पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड चैत्र ४ गते अमेरिका गएका थिए । अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सीतासहित स्वदेशका लागि प्रस्थान गरेको र बिहीबार मात्रै नेपाल आइपुग्ने उनको सचिवालयले जनाएको छ ।
सचिवालय स्रोतका अनुसार प्रचण्डलाई न्युयोर्क विमानस्थलबाट अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले विदाई गरेका छन् । अमेरिका यात्राको क्रममा प्रचण्डले दक्षिण तथा मध्य एशिया मामिला सम्बन्धी अमेरिकी प्रमुख उप सहायक विदेशमन्त्री एलिएन जी वेल्स, नेपालका लागि पूर्वअमेरिकी राजदुत स्कट डेलेसी र नेपाली मूलका मेरिल्याण्ड राज्यका प्रदेश सांसद ह्यारी भण्डारीसँग भेट गरेका थिए ।
उनले सोमबार मेरिल्याण्ड राज्यको प्रदेश संसदको पनि अवलोकन गरेका थिए । प्रचण्ड पत्नी सीता दाहाललाई भारत र सिंगापुरका अस्पताल लगिए पनि स्वास्थ्य अवस्था ठिक नभएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको थियो ।





























प्रतिक्रिया