पढ्नका लागि भन्दै गगन थापा अमेरिका गए

पढ्नका लागि भन्दै गगन थापा अमेरिका गए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि अमेरिका प्रस्थान गरेका छन् । थापाले अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थिए । उनको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि अध्ययनको लागि उनी अमेरिका अमेरिका उडेका हुन् ।

२ साताका लागि अमेरिका उडेका थापालाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो । तर व्यक्तिगत कारणले अघिल्लो वर्ष जान पाएका थिएनन् । २ साताको छोटो अवधिमै अध्ययन सकेर नेपाल फर्कने थापाले जनाएका छन् । थापा चैत ३० गते स्वदेश फर्किनेछन् ।

Logo