दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादी सत्ताको खेलमा नरहेको बताएका छन् । दाङको घोराही पुगेका पुनले पार्टीले सडक र सदनबाट जनताका आवाज उठाउने भन्दै आफूहरू सत्ताको खेलमा नलाग्ने बताएका हुन् ।
“हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउँछौँ, सधैँ सरकारमा हुँदा जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न लाग्छौँ”, उपमहासचिव पुनले प्रेस सेन्टरको कार्यक्रममा भने ।
प्रतिक्रिया