प्रधानमन्त्रीले ‘सरकारले असाधारण काम गर्‍यो’ भन्दा बाबुराम जंगिए (भिडियोमा)

प्रधानमन्त्रीले ‘सरकारले असाधारण काम गर्‍यो’ भन्दा बाबुराम जंगिए (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिना भित्र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिई छाड्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्‍याउने, कम्युनिष्ट पार्टीको सरकारलाई असफल बनाउन कोसिस गर्ने लगायतका चन्द नेतृत्वको नेकपाको अतिवादी विध्वंसात्मक गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले सरकारले असाधारण काम गरेपनि त्यसको प्रचार पार्टी भित्रैबाट हुन नसकेको गुनासो गरे । तर, नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले भने सरकार असफलतातर्फ उन्मुख रहेको बताए ।

बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख हुन गएको बताए ।

Logo