राष्ट्रिय सुरक्षा परिषद विधेयक फिर्ता लिन कांग्रेसको माग

राष्ट्रिय सुरक्षा परिषद विधेयक फिर्ता लिन कांग्रेसको माग

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री आफैंले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको जानकारी दिए । बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ।

त्यस्तै कांग्रेसले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउन  दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

Logo