विवेकशील-साझा एकता : २६ जना सचिवालय समितिमा को-को ?

विवेकशील-साझा एकता : २६ जना सचिवालय समितिमा को-को ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । एकीकरण भएको सहमति पत्रमा विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे र साझा पार्टीका संयोजक रविन्द्र मिश्रले हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।

अब एकीकरण पछि पार्टीको नयाँ नाम विवेकशील साझा पार्टी हुने भएको छ । चुनाव चिन्ह तराजु राख्ने निर्णय पनि भएको छ ।

नव गठित विवेकशील साझा पार्टीको अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने सम्झौता भएको छ । यस अघि ०७४ साउन ११ गते एउटै भएका विवेकशील र साझा ०७५ पुसमा अलग अलग भएका थिए । आज भएको यो उनीहरुको दोस्रो एकिकरण हो । एकिकरणपछि अध्यक्ष रविन्द्र मिश्रले आफ्नो पार्टी अब बैकल्पिक पार्टी हुने बताएका छन् ।

को को छन् सचिवालयमा ?

पार्टी एकता गर्दा दुवै पार्टीबाट १३/१३ जना रहने गरी २६ सदस्यीय सचिवालय समिति गठन गर्ने सहमति भएको छ ।

साझाका तर्फबाट रवीन्द्र मिश्र, शोभा शाक्य, प्रकाशचन्द्र परियार, अनुपमान सैजु, गोपी हमाल, केशव दाहाल, अब्दुस मियाँ, समीक्षा बास्कोटा, निरुपमा यादव, महेश भण्डारी, राजेन्द्र पंगेनी, अनिल भेटवाल र गेहेन्द्र दाहाल छन् ।

यसैगरी विवेकशीलका तर्फबाट मिलन पाण्डे, निर्देश सिलवाल, सञ्जीव भट्टराई, सुमित्रा गुरुङ, रन्जु दर्शना, रमेश पौडेल, पुकार बम, डा। अनुशा थापा, आशुतोष तिवारी, हिरामणि पौडेल, रजिया बानु, प्रतिभा डङ्गोल र अमिनेशकुमार मिश्र रहेका छन् ।

Logo