नेपाल दोस्रो युक्रेन बन्ने खतरा छः देव गुरुङ

नेपाल दोस्रो युक्रेन बन्ने खतरा छः देव गुरुङ

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकाको रणनीति सफल भयोभने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्धारा आयोजित एमसीसी, एसपीपी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रममा उनले एमसीसीको खारेज गर्न नसकेका नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका हुन् ।

‘अमेरिकाको रणनीतिमा नेपाल बस्यो भने नेपाली भूमी दोस्रो युक्रेन बन्ने खतरा छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर प्रतिवाद गर्न आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएका छैनन् ।’

उनले अमेरिकाको सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याइएको दाबी गर्दै एमसीसीको विपक्षमा उभिन सबैलाई आग्रह गरे । प्रत्यक्ष एसपीपीको हिसाबले लागु नगरे पनि विचार, नीति हिसाबले ब्याक भएका विचार, नीति हिसाबले ब्याक नभएको उनको भनाई छ ।

महासचिव गुरुङले सोझै सैनिक ल्याएर क्याम्प बनाउन भन्दा पनि बढी भन्दा बढी सूचना केन्द्र बनाउन खोजिएको भन्दै खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा रहेको बताए ।

Skip This
Skip This
Logo