काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चैत ३ गते अमेरिका प्रस्थान गरे । श्रीमती सीता दाहालको स्वास्थ्य उपचारका लागि स्वकीय सचिव तथा छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्यसहितको टोली इतिहाद एयरवेजमार्फत अमेरिका पुगेका हुन् ।
सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुनेछ । दाहालको उपचारका लागि वासिङटनस्थित नेपाली दूतावासले सहजीकरण गरेको छ । सीतालाई गत असोज १० मा सिंगापुरमा उपचारका लागि लगिएको थियो ।
त्यस्तै गत कात्तिक २६ मा म्याग्दीको तातोपानीमा नुहाउन पुगेका थिए । केही समय अघि मात्रै उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
स्मरण होस् पत्नीको उपचारका लागि प्रचण्ड यसअघि नै अमेरिका जाने तयारीमा थिए । तर, भनेजुएला काण्डपछि उनको भ्रमण स्थगित भएको थियो । अमेरिकामा आपूmविरुद्ध प्रदर्शन हुने डरले पनि प्रचण्डले भ्रमण स्थगित गरेको विश्लेषण थियो । यसअघि पनि २०७३ असारमा उनको अष्ट्रेलिया भ्रमण स्थगित भएको थियो ।































प्रतिक्रिया