लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी ‘डीबी’ रिहा भएका छन् । फौजदारी मुद्दामा नेपाल प्रहरीको फरार सूचीमा रहेका सांसद केसी अदालतमा आत्मसमर्पण गरेका एकदिनमै रिहा भएका हुन् ।
केसी फौजदारी अपराध संहिता २०७४ को सुविधाअनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नुनपर्ने प्रावधानअनुसार एक लाख नौ हजार दुई सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।
आइतबार केसीले रुकुम जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका र आत्मसर्मपण गरेलगत्तै अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार पठाएको थियो । तर, आजै रिहा भएका हुन् ।
सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा केसीलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवाना हुने फैसला सुनाएको थियो । तर बहुदल परिवर्तनलगत्तै २०४८ मा भएको फैसला अहिलेसम्म कार्यान्वयन नभएपछि केसीले निर्वाचनमार्फत प्रदेशसभाको यात्रा पनि गर्न भ्याए । केसीविरुद्ध उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदका लागि नक्कली कागजपत्र बनाएको भन्दै मुद्धा दायर गरेकी थिइन् ।































प्रतिक्रिया