उपसभामुख रानामाथि महाअभियोग लगाउने तयारी गरेपछि रास्वपाले दियो चेतावनी

उपसभामुख रानामाथि महाअभियोग लगाउने तयारी गरेपछि रास्वपाले दियो चेतावनी

केन्द्रबिन्दु
432
Shares

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने भन्दै चेतावनी दिएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले केही राजनीतिक दलहरु उपसभामुख रानामाथि महाअभियोग लगाउने छलफलमा जुटेकोमा आपत्ति जनाएका हुन् । ‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाईंहरू आफैले खनेको खाल्डोमा तपाईंहरू पर्नुहुनेछ स्मरण रहोस्‚’ उनले भने‚‘के नेपाली लोकतन्त्र यति कमजोर हो । लोकतन्त्रको हुर्मत लिने हो?’

Skip This
Skip This
Logo