सहकारी प्रकरणमा ममाथि संसदीय छानबिन गरियोस् -धनराज गुरुङ

सहकारी प्रकरणमा ममाथि संसदीय छानबिन गरियोस् -धनराज गुरुङ

केन्द्रबिन्दु
45
Shares

सहकारी ठगी प्रकरणमा मुछिएपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि संसदीय छानबिन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले भने, ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु । संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ ।’

तर, आफूलाई भूतपूर्व श्रीमती ज्योति गुरुङसँग जोड्नु स्वाभाविक नभएको उनले बताएका छन् ।

नेल्सन मन्डेलाको सन्दर्भ जोड्दै उनले भने, ‘सम्बन्धविच्छेद भइसकेपछि नैतिक, कानूनी र व्यावहारिक रूपमा पनि जोड्न मिल्दैन । नेल्सन मन्डेला र उनकी श्रीमती बिनी मन्डेलाका बीचमा पनि सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद भएपछि पनि बिनीका केही मुद्दाहरू आए । तर, नेल्सन मन्डेलालाई त्यसबारे प्रश्न गरिएन बरु यो भनियो कि वैवाहिक सम्बन्ध कायम छँदा पनि एउटाको अपराध अर्कोलाई बोकाउनु नैतिक कानूनले मान्दैन, सम्बन्धविच्छेद भएपछि त झन् मिल्दै–मिल्दैन ।’

उनले सहकारीको रकम हिनामिनाबारे आफूविरुद्ध प्रश्न उठाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीलाई ज्योति गुरुङसँग भएको २०७६ फागुन २९ को सम्बन्धविच्छेद नक्कली भएको प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् ।
‘सम्बन्धविच्छेद भएपनि १० वर्षे बालक हुर्काउनुको पीडा म आफैंसँग छ । सम्बन्धविच्छेद भएपछि भूतपूर्व श्रीमतीबारे जानकारी हुने कुरै भएन,’ उनले भने ।

Skip This
Skip This
Logo