काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनस्र्थापनाको संकल्प गरेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको काठमाडौंमा समापन गर्दै अध्यक्ष थापाले काठमाडौंबासीसँग हिन्दु राष्ट्र पुनस्र्थापना गराई छाड्ने संकल्प गरेका हुन् ।
भृकुटी मण्डपमा आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्छु ।’
राप्रपा पटक पटक सरकारमा गएको मन नपाएको भन्दै अध्यक्ष थापाले अबदेखि सत्ताकेन्द्रीत राजनीति नगर्ने प्रतिबद्धता जनाए । ‘०६४ को चुनावमा तत्कालीन राप्रपा नेपाललाई समानुपातिकमा १ लाख १३ हजार भोट दिएका काठमाडौंबासीले २०७४ मा पछाडिको १३ हजार मात्र भोट दिए । पटक पटक सरकारमा गएको जनतालाई मन परेन् । म संकल्पका साथ निवेदन गर्दछु । आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’ उनले भने ।





























प्रतिक्रिया