काठमाडौं । नेकपा सम्बद्ध गायकहरुले पशुपति शर्मालाई च्यालेञ्ज दिनेगरी गीत निकालेका छन् । पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ लाई च्यालेञ्ज गर्दै नेकपासम्बद्ध गायकले ‘लुट्न हुन्न देश’ निकालेका हुन् ।
‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोल रहेको गीत बिहीबार नेकपा कार्यालय (पूर्व माओवादी केन्द्र मुख्यालय) मा आयोजित एक कार्यक्रममा गाइएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गीत गाएका थिए।

पशुपति शर्माले देशका बेथितिलाई लक्षित गरेर निकालेको गीत नेकपाकै युवा संघ लगायतको तीब्र विरोधपछि उनले युट्युबबाट हटाएको थियो । उनले हटाए पनि गीत डाउनलोड गरेर सयौँ अकाउन्टहरूमा पुनः अपलोड भइसकेको थियो।
पेरिसडाँडामा आयोजित ‘सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम’ मा यो गीत घन्किँदा सहिद परिवारका सदस्यहरू नाचेका थिए।





























प्रतिक्रिया