सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले सरकारसंग गरेको सहमतिले अन्तर्राष्ट्रिय स्तरमा जाने बाटो खुलेको दाबी गरेको छ। गठबन्धनको रुपन्देही समितिले भैरहवामा पत्रकार सम्मेलन गर्दै दुई नम्बर बुदाँले आफूहरुलाई अन्तराष्ट्रिय स्तरमा जाने बाटो खुलेको बताएको हो ।
स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग सम्झौता नभएको बताउंदै गठबन्धनले आफ्नो बटमलाईन स्वतन्त्र मधेशको मुद्दा नबिर्सिएको बताएको छ । पत्रकार सम्मेलनमा रुपन्देही जिल्लामा स्वराज आन्दोलन अगाडि बढाउन सरकारले कुनै हस्तक्षेप नगर्ने सहमति भएको समेत दाबी गरेको छ । गठबन्धनले सरकारसँग भएको एघार बुँदे सहमतिका हरेक बुंदा आफुहरुलाई अनुकुल भएको समेत दाबी गरेको छ ।
युएनपिओपछि युएनमा आफूहरुको सजिलै सहकार्य र प्रतिनिधित्व गरिने बाटो खुलेको, स्वराज आन्दोलनको रोडम्याप अनुसार संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न सकिने, अन्तराष्ट्रिय स्तरमा मधेश गठबन्धन शान्तिपूर्ण शक्तिको रुपमा मजबुत भएको, गठबन्धनको लोकतान्त्रिक शक्तिलाई सरकारले स्वीकार गरेको विज्ञप्तिमा जनाएको छ ।






























प्रतिक्रिया