मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत, उम्मेदवारी दर्ता कहिले ?

मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत, उम्मेदवारी दर्ता कहिले ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि असोज ९ गते राजनीतिक दलको दर्ताको सूचना प्रकाशन हुनेछ। असोज १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने र असोज २० गते दल दर्ता स्वीकृत गर्ने कार्यतालिका छ।

कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने कार्यतालिका छ भने कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका छ।

यसैगरी मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने र १६ गते मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगले जनाएको छ ।

Skip This
Skip This
Logo