काठमाडौं । विभिन्न अपराधिक गतिविधि गर्दै आएको विप्लव समूह सुरक्षा संयन्त्रको टाउँको दुखाईको विषय बन्दै गएको छ । अपहरण, बम आतंक, हत्या हिंसा, चन्दा आतंक जस्ता अपराधिक गतिविधि गर्दा सुरक्षाको टाउँको दुखाईको विषय बनेको हो ।
सरकारले भने उसका गतिविधिलाई सामान्य भन्दै नियन्त्रण गर्न सुरक्षा संयन्त्रणलाई निर्देशन दिईसकेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लवप्रति राज्य कठोर भएर लाग्ने प्रतिक्रिया दिएका छन् । अपराधिक गतिविधि राज्यलाई सह्य नहुने भन्दै सरकार कठोर भएर विप्लवका गतिविधि नियन्त्रण गर्न तिर लाग्ने बताए ।
सुरक्षा निकायले पनि विप्लवका गतिविधिलाई गम्भीर सुरक्षा चुनौतीका रुपमा विश्लेषण गरेका छन् । उनीहरुको विश्लेषण अनुसार विप्लव समूहले गाउँ घरमा आफ्नो ईकाइहरु गठन गर्ने, सैन्य तालिम प्रदान गर्ने, युवा दस्ता तयार पार्ने जस्ता गतिविधि गर्दै आएको छ ।
अर्को रोचक कुरा विप्लवले समानान्तर जन सरकार पनि गठन गरिरहेको छ । जसमा गाउँ घरमा हुने झै–झगडा देखि विकृति विसंगतीमाथि जनकारवाही गर्दै आएको छ ।
सेना, सशस्त्र, नेपाल प्रहरी र गुप्तचरको संयुक्त टोलीले बुझाएको एउटा रिपोर्टमा विप्लव समूहले ७७ वटै जिल्लामा हार्डकोर कमिटी समेत बनेको छ । उक्त समूहले विप्लवको केन्द्रीय नितिअनुसार जिल्लामा विभिन्न गतिविधि गर्दछ ।
उक्त समूहमा १० देखि १३ जनासम्म सदस्य छन् । उनीहरुले मासिक तलब समेत पाउँछन् । सुरक्षा संयन्त्रको रिपोर्ट अनुसार ति १० देखि १३ जनाको हार्डकोर कमिटी सदस्यहरुले मासिक १० देखि १५ हजार रुपैयाँ सम्म तलब नै पाउँछन् ।
विप्लव पार्टीले उक्त खर्च विभिन्न व्यक्ति तथा समूहबाट लिईएको चन्दाबाट व्यवस्थापन गर्दै आएको विप्लव पार्टीका एक नेताले जानकारी दिए ।
नाम उल्लेख नगर्ने सर्तमा ति नेताले भने, ‘यो सशक्त टिमले केन्द्रको निर्देशन पालना गर्ने, जनसरकारका गतिविधि सञ्चाल गर्ने, विभिन्न व्यक्तिहरुमाथि जनकारवाही गर्ने काम गर्दै आएको छ ।’





























प्रतिक्रिया