काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने दाबी गरेका छन् । राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा चोट पुग्ने विषयमा जनमत संग्रह हुन नसक्ने दाबी गरेका हुन् ।
राष्ट्रिय सुरक्षा परिषदको १८ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले राष्ट्रको अस्तित्व, एकता, जनताको सार्वभौमसत्ता र स्वाधीनताको प्रश्नमा जनमत संग्रह नहुने बताए ।
सरकारले स्वतन्त्र मधेस गठबन्धनबाट आन्दोलन गरिरहेका सीके राउतसँग २४ फागुनमा ११ बुँदे सहमति गरेको थियो । उक्त सहमतिप्रति चौतर्फी विरोध भईरहेका बेला प्रधानमन्त्री ओलीले उक्त सहमतिबारे प्रष्ट पारेका हुन् ।
सीके राउतसँगको सहमतिबाट तराईमा जनमत संग्रह गरिन लागेको लागेको भन्दै सरकारको विरोध भईरहेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको विषयलाई प्रश्न उठाउने अधिकार कसैलाई नभएको बताए ।
राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका उनले पृथकतावादी आन्दोलन गरिरहेको राउत समूहले मुलुकको भौगोलिक अखण्डताको सम्मान गर्दै मूल धारको राजनीतिमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकको सुरक्षाका दृष्टिले त्यो सहमति अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको बताए ।





























प्रतिक्रिया