काठमाडौं । प्रतिनिधिसभाको आईतबारको बैठकमा सत्तारुढ दलकै सांसदहरुबीच नै घोचपेच भएको छ । सांसद भीम रावलले सरकारले सीके राउतसँग गरेको सहमति संविधानविपरित भएको भन्दै सहमतिमा भएको त्रुटी सच्याउन माग गरे ।
उनले सीके राउतले नेपालको संविधान विपरितका क्रियाकलाप गरेकाले अब नेपालको संविधानलाई आत्मसाथ गरेर नेपालको स्वाधिनता र अखण्डता अनुरुप शान्तिपुर्ण प्रतिष्पर्धामा जान तयार भएको पुरक बक्तव्य दिनुपर्ने दाबी गरे ।
रावललाई लक्षित गर्दै नेकपाकै सांसद महेश बस्नेतले सहमतिको २ नम्बर बुँदामा लेखिएको जनअभिमत भनेको आवधिक निर्वाचन भएको भन्दै कुव्याख्या नगर्न आग्रह गरे । उनले सरकार र सीके राउतसँग भएको सहमतिको डलर खेतीगर्ने र सेलिब्रेटी राष्ट्रवादीहरुले मात्रै विरोध गरेको भन्दै सरकारको निर्णयको बचाउ गरे ।































प्रतिक्रिया