विप्लवप्रति कठोरतापूर्वक प्रस्तुत हुन्छाैँ- गृहमन्त्री

विप्लवप्रति कठोरतापूर्वक प्रस्तुत हुन्छाैँ- गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा गतिविधिप्रति सरकार गम्भीर भएको बताएका छन् । गृहमन्त्री बादलले धम्क्याएर अवाञ्छित क्रियाकलाप गर्ने सो समूहविरुद्ध सरकार कठोरतापूर्वक प्रस्तुत हुने बताएका हुन् ।

कर्णाली प्रदेशद्वारा आयाेजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘देशव्यापी रुपमा विध्वांसात्मक गतिविधि विस्तार गरेको छ, उनीहरुलाई राज्यले केही पक्षमा संरक्षण र उन्मुक्ति समेत दिएकाले मनोबल बढेको देखिन्छ । यस्ता गतिविधिले राष्ट्रको शान्ति-सुरक्षाका लागि केही सुरक्षा चुनौती खडा गरेको भए पनि यो ठूलो चुनौती चाहिँ होइन ।’

उनले राज्यमा शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै राज्य र संविधान विरोधी जोसुकैविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुने बताए । अहिले क्रान्ति गर्छु भन्नुको कुनै औचित्य नभएको बताउदै गृहमन्त्री बादलले उनीहरुआफैँ निस्तेज हुने बताए।

विगतमा राज्यका धेरै कमजोरी भएकाले क्रान्तिमा होमिएको बताउदै उनलेअब हिजोको जस्तो राज्यको अवस्था नरहेको प्रष्ट पारे ।

Logo