काठमाडौं । विखण्डनकारी अभियानमा लागेका सीके राउतसँग गरिएको सहमतिप्रति सत्तारुढ दल नेकपाबाटै विरोध सुरु भएको छ । अखण्ड नेपाल स्वीकार गर्दै स्वतन्त्र मधेश गठबन्धन विघटन गरेका सीके राउतसँग सरकारले शुक्रबार ११ बुँदे सहमति गरेको छ ।
उक्त सहमतिप्रति नेकपा नेताहरुले असन्तुष्टि जनाएका हुन् । उक्त सहमति दुई देशका बीच भएको सम्झौताको भाषामा गरिएको भन्दै नेकपा नेता भीम रावलले आपत्ति जनाए । उनले भने, ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ?’

उक्त सम्झौतामा प्रयोग गरिएका भाषामा आपत्ति जनाउँदै रावलले ट्वीट मार्फत सरकारको जवाफ माग गरेका छन् । देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिएको भन्दै उनले भनेका छन्, ‘देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनु को रहस्य खोजौं ।’
यस्तै नेकपाकै अन्य नेताहरुले पनि उक्त सम्झौताप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले उक्त सम्झौतामा प्रयोग गरिएको भाषाबारे प्रष्ट पार्नुपर्ने बताएका छन् ।































प्रतिक्रिया