सुदूरपश्चिम प्रदेशकी सांसद् देवकी मल्ल थापा सम्पर्कमा आएकी छन् ।
नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गरेको भनिएकी सांसद् थापासंग प्रहरीको सम्पर्क भएको हो। सांसद् थापा र जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रविण धितालबीच कुराकानी भएको हो। सांसद् थापालाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भैरहेको छ।
त्यसपछि मात्रै अपहरण भएको हो कि होइन भन्ने कुरा खुल्ने प्रहरीले जनाएको छ । प्रदेश सभा निर्वाचनमा बझाङ ‘ख’ बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।































प्रतिक्रिया